उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ ले समिक्षा तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना गरेको छ ।
आज मोरङको लेटाङ–४ स्थित जनसेवा सामुदायिक वनको सभाहलमा सो कार्यक्रम गरेको हो । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा स्थानीय तहको निर्वाचनको समिक्षासहित मोरङ क्षेत्र नं. १ का निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरिएको छ । प्रमुख अतिथि सह–महामन्त्री फागो, मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूलगायतले बोल्नुभएको थियो । सोही अवसरमा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकी, भलिबल संघ मोरङका अध्यक्ष जीवन रिजाल र प्रदेश नं. १ का भलिबल संघका उपाध्यक्ष बीरबल थापा लगायतलाई सोही अवसरमा सम्मान पनि गरियो । कार्यक्रम मोरङ क्षेत्र नं. १ का सभापति शंकर राईको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय