
उर्लाबारी । ठमेल पर्यटन विकास परिषद्को सदस्यमा युवा ब्यवसायी कमल भण्डारी उम्मेद्वार बन्नुभएको छ ।
सहयोगी भावनाका भण्डारी ध्रुब अधिकारीको समावेशी समूहबाट सदस्य पदको उम्मेद्वार बन्नुभएको हो । लामो समयदेखि ठमेलमा ब्यवसाय गर्दै आउनु भएका भण्डारी उर्लाबारी वडा नं. ४ का हुनुहुन्छ । सफा, सुन्दर, सुरक्षित र व्यवस्थित ठमेल निर्माणको लागि आफ्नो समावेशी समूहलाई मतदान गर्न उहाँले अपिल गर्नुभएको छ । यही असार ३२ गते ठमेल पर्यटन बिकास परिषद्को निर्वाचन हुँदैछ ।