उर्लाबारी । नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारी नगर समन्वय परिषद्को १४ औं साधारणसभा तथा चौथो अधिवेशन यही साउन १४ गते हुने भएको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघको सभाहलमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने सचिब नारायण राईले जानकारी दिनुभयो । अधिवेशन भब्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । १३ जातिको भेलालगायत कार्यक्रम भइसकेको छ ।























