
उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको पशुपति आमाबिले यस बर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
उर्लाबारीकै पहिलो निजी विद्यालयको रुपमा स्थापित पशुपति आमाबिबाट आर्दश भट्टराईले जिपिए ४.० र स्नेहा राईले जिपिए ३.९५ सहित शतप्रतिशत नतिजा ल्याएको संस्थापक विजयकुमार कार्कीले जानकारी दिनुभयो । निरन्तर विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यार्थी, अभिभावक तथा शिक्षक, कर्मचारीलाई उहाँले धन्यवाद एबं आभार प्रकट गर्नुभएको छ ।