उर्लाबारी । नेकपा मओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) मिक्लाजुङले बिपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का ३० बर्षीय ईश्वर गजमेरलाई आर्थिक सहयोग गरेको हो । बिगत लामो समयदेखि नशाको समस्याको कारण थलिएका इश्वरको उपचारका लागि आर्थिक अभाब भएपछि नगद २० हजार सहयोग गरेको वाइसीएल मिक्लाजुङका अध्यक्ष सुशन खड्काले जानकारी दिनुभयो । बिरामी परेका इश्वरलाई वाईसीएल मिक्लाजुङका अध्यक्ष सुशन खड्का, सहसचिव लक्ष्मण ढुङाना , ७ नं. ईन्चार्ज बाबुराम श्रेष्ठ ,सदस्यहरु प्रज्वल रिमाल , सबिन खड्कासंगै अखिल क्रान्तिकारी मिक्लाजुङका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठलगायतको टीमले सो रकम हस्तान्तरण गरेको छ । हाल काठमाण्डौ स्थित टिचिङ हस्पिटलमा उपचार गराईरहेका ईश्वरको आर्थिक समस्याको कारण उपचार प्रभावित भएको बताइएको छ । आर्थिक अभावमा इश्वर हाल घरमै रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय