उर्लाबारी । मोरङको उर्लाबारीमा जारी उर्लाबारी च्यालेन्ज कप फुटबल टुर्नामेन्ट २०७९ को दोस्रो दिनको खेलमा नवदिप युवा क्लब मधुमल्ला विजयी भएको छ ।
एमएफसी युथ क्लब इलामलाई ३–० गोल अन्तरले पराजित गर्दै मधुमल्ला दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो हाफमा बराबरीमा खेल टुंगिएपनि दोस्रो हाफमा मधुमल्लाले तीन गोल गरेको थियो । दोस्रो हाफको ४६ मिनेटमा मधुमल्लाका लागि बचन लिम्बूले गोल गर्दै टिमको अग्रता बनाएका थिए भने ५७ मिनेटमा मधुमल्लाका अविन माझीले अर्को गोल थपे । मधुमल्ला यतिमै रोकिएन । ६३ मिनेटमा अविशेक मगरले मधुमल्लाका लागि तेस्रो गोल गरे । आज को खेलको म्यान अफ दी म्याच मधुमल्लाका वचन लिम्बुले पाए । शुक्रबार हुने खेलमा रोयल स्पोर्टिङ क्लब दमक र च्यात्याशा क्लब दमक बीच हुने खेल संयोजक विजु श्रेष्ठले जानकारी दिनुभयो । उर्लाबारी युवा क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदान सो प्रतियोगिता भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय