
टिका सिम्खडा
उर्लाबारी । मोरङको उर्लाबारी–८ सिसौलीमा जारी प्रथम सिसौली नकआउट च्यालेन्ज कप अन्तरगत आजको खेलमा आयोजक सिसौली फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
रतुवामाई र आयोजकबीच भएको खेलमा १–० गोल अन्तरले आयोजक विजयी हुँदै सेमिफाइनलमा पुगेको हो । पहिलो हाफमा गोल गर्ने अवसर धेरै पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन । आयोजकका १७ नम्बर जर्सीका विशाल राईले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा निकै प्रतिष्पर्धात्मक खेल भएपनि दुबैतर्फबाट गोल हुन भने सकेन । भोली पहिलो सेमिफाइनल खेलमा चुलाचुली फुटबल क्लब दमक र रमाइलो युवा क्लबबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।