
उर्लाबारी । मोरङको उर्लाबारी–४ को बक्राहा खोला किनारामा विरुवा रोपिएको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ४ को आयोजनामा बक्राहा घाट आसपासका क्षेत्र ४ सय ५० सय विभिन्न प्रजातिका विरुवा रोपिएको हो । विरुवा रोप्ने कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिनादेवी खतिवडा, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, ४ नम्बरका वडाध्यक्ष कल्याणकुमार राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सिसौ, सिरिस, अम्बालगायत विभिन्न ७ प्रजातिका विरुवा रोपिएको वडा सदस्य शेखरनाथ दाहालले जानकारी दिनुभयो । रोपिएका विरुवाको संरक्षणमा पनि वडा कार्यालयले ध्यान दिने उहाँले बताउनुभयो ।