मोरङको पथरीशनिश्चरे–१० स्थित जिरीखिम्ती खेलमैदानमा कञ्चनजंघा देवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा प्रथम कञ्चनजंघा नकआउट क्रिकेट प्रतियोगिता २०८२ सुरु हुन लागेको छ। प्रतियोगिता यही जेठ १० गतेदेखि सुरु हुनेछ।

प्रतियोगिताको उद्देश्य स्थानीय युवा खेलाडीहरूलाई खेलमार्फत उजागर गर्नु र उनीहरूको क्षमता प्रदर्शनका लागि सशक्त मंच तयार गर्नु हो। समितीका अध्यक्ष सागर थापाका अनुसार प्रतियोगिताले भविष्यमा राष्ट्रिय तहसम्म पुग्ने खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

खेल २० ओभरको हुनेछ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार सञ्चालन गरिनेछ। यद्यपि, LBW नियम भने लागू गरिने छैन। बलरले अधिकतम ४ ओभर बल गर्न पाउनेछन् र पहिलो ओभर पावरप्ले अनिवार्य हुनेछ। प्रतियोगिता एक दिनमा दुई खेलको स्वरूपमा सञ्चालन हुनेछ, बिहान ८:३० बजे पहिलो खेल र दिउँसो १ बजे दोस्रो खेल सुरु हुनेछ।
टिमले सहभागिता जनाउनका लागि रु. ५,००० प्रवेश शुल्क तोकिएको छ भने टिम सुनिश्चित गर्न रु. १,५०० अग्रिम भुक्तानी गर्नुपर्नेछ। अन्तिम टिम दर्ता म्याद जेठ ३ गतेसम्म कायम गरिएको छ। टिमका सबै खेलाडीहरूले समान जर्सी, ट्र्याक प्यान्ट र जुत्ता लगाउनुपर्नेछ।
प्रतियोगिताको विजेता टिमले रु. ५५,५५५ नगद सहित ट्रफी, र उपविजेताले रु. ३३,५५५ नगद सहित ट्रफी प्राप्त गर्नेछ। प्रत्येक खेलमा म्यान अफ द म्याच र प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिजको उपाधिसमेत प्रदान गरिनेछ।
प्रतियोगिता अनुशासन र खेल भावना अनुसार सञ्चालन गरिने र खेल अवधिमा हुने चोटपटकको प्राथमिक उपचार सम्बन्धित टिमले आफैं व्यवस्था गर्नुपर्ने आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय