
उर्लाबारी । दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै मोरङको मिक्लाजुङ वडा नं. ६ को कार्यालय बन्द भएको छ ।
कर्मचारीलाई नै कोरोनाको संक्रमण देखिएपछि अनिश्चितकालसम्म वडा कार्यालय बन्द भएको हो । अर्को सूचना जारी नभएसम्म वडा कार्यालयबबाट प्राप्त हुने सेवा बन्द भएको वडाध्यक्ष बुद्धिलाल निरौलाले जानकारी दिनुभयो । उहाँले वडाबासीहरुलाई सचेत र सजग बन्न पनि अनुरोध गर्नुभएको छ ।