
उर्लाबारी । युवा खेलाडी निरज बस्नेत रोजगारीका लागि न्यूजिल्याण्ड जाने भएका छन् ।
उर्लाबारी–५ निवासी बस्नेत भर्खरै सम्पन्न ए डिभिजन लिग संकटाबाट खेलेका थिए । डिफेन्डर बस्नेत उर्लाबारी फुटबल क्लबका उत्पादन हुन् । यु–२३ टिमबाट समेत खेलेका बस्नेत प्रभावशाली फुटबल खेलाडी मानिन्छन् । यसअघि पनि बस्नेत रोजगारीका लागि कतार पुगेका थिए । न्यूजिल्याण्डमा बस्नेतकी श्रीमति रविना रहेकी छिन् । बस्नेत मार्च १५ तारिक अर्थात चैत्र १ गते न्यूजिल्याण्ड जानेछन् । नेपालका चर्चित क्लबहरुबाट उनले खेल खेलिसकेका छन् ।