उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि सुझाव संकलन अभियान थालेको छ ।
आज क्याम्पसमा शैक्षिक , भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक सुधार र विस्तारका लागि सुझाव संकलन थालेको हो । विद्यार्थी, अभिभावक, सरोकारवालालगायतसँग छलफल गरिएको छ । छलफलमा क्याम्पस व्यवस्थापन समितिका सदस्य मुक्तिप्रकाश न्यौपाने, सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारी, परिवर्तन टोल विकास संस्थाका अध्यक्ष केदार चौहान, क्याम्पस सहायक प्रमुख खेमराज कार्कीलगायतले बोल्नु भएको थियो भने विद्यार्थीहरुले समस्यामा बारेमा कुरा उठाएका थिए । क्याम्पस व्यवस्थापन समितिका सदस्य गीता खतिवडाको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन क्याम्पस प्रमुख बेधराज भट्टराईले गर्नुभएको थियो ।























