झापा । झापाको कनकाई नगरपालिका ४ स्थित धृतकौशिक गोत्रिय प्रतिष्ठानमा रहनुभएकी एक महिलामाथि कुटपिट गरेको आरोप लागेपछि जंगी बाबाले फसाउन षड्यन्त्र खोजेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लाइभमा जंगी बाबाले आफुले कसैलाई कुटपिट नगरेको दाबी गर्दै आफुलाई फसाउन प्रपञ्च रचिएको बताउनुभएको हो । जंगी बाबा विगत २ महिनादेखि प्रतिष्ठानमा योग गुरुका रुपमा काम गर्दै हुनुहुन्थ्यो । सामाजिक सञ्जालमा समेत सक्रिय रहने सन्त जंगी बाबाले समेत स्वयं सामाजिक सञ्जालमा एक भिडियो अपलोड गर्दै आफुले कुनै गल्ती नगरेको दाबी छन् । यता पीडितले भने कुटपिट गरेको भन्दै जाहेरी दिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय