
उर्लाबारी । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल मिक्लाजुङ अध्यक्षमा सुसन खड्का सर्वसम्मत चयन हुनु भएको छ ।
शनिबार मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको वृद्धवृद्धा क्लबको सभाहलमा भएको दोस्रो अधिवेशनबाट पुनः खड्काको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । समितको उपाध्यक्षद्धय, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः अनिता खत्री, मात्रिका श्रेष्ठ, अर्जुन मगर ,दीपक पोख्रेल, किरण श्रेष्ठ र लक्ष्मी ढकाल रहनु भएको छ । कार्यक्रममा बिभिन्न पार्टीबाट २८ जना बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
नव प्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रेम मिभक , प्रदेश कमिटी सदस्य दिनेश पौडेल र अतिथिहरूले नव प्रवेशीहरूलाई अबिर जात्राका साथ पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मोरङ इन्चार्ज प्रेम मिभकले पछिल्लो समय नेकपा मओवादी नेतृत्वको सरकारले जनमुखी कार्य गरीरहेको बताउनु भयो । साथै नेकपा माओवादीको नेतृत्वको सरकारले गरेका राम्रा कामहरू देखि नसहने नेतृत्वले सरकारलाई अनावश्यक रुपमा बिभिन्न बाधा अड्चनहरू ल्याइरहेका प्रति इङ्गित गर्दै मिभकले यसलाई चिर्न वाइसिएल र पार्टी पंत्तीले शसक्त रुपमा प्रतिकार गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पार्टी कार्यकर्ताहरू र वाइसिएल कार्यकर्ताहरूको उल्लेख्यमा मात्रामा उपस्थिति रहेको थियो ।