उर्लाबारी । नेत्रहिन युवा संघ नेपाल जिल्ला शाखा मोरङले अपाङ्गता भएका ब्यक्तिहरुको अपाङ्गतामैत्री शिक्षालगायत विषयमा ज्ञापन पत्र बुझाएको छ ।
उर्लाबारी नगरपालिकासहित मोरङ जिल्लाका सबै पालिकामा समावेशी शिक्षालगायतका बारेमा ज्ञापन पत्र बुझाइएको हो । विद्यालयमा भर्ना भएका विभिन्न अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सुधारका लागि आवश्यक पर्ने आधारभूत शैक्षिक सामाग्री विद्यालयबाटै उपलब्ध गराउनु पर्ने, विद्यार्थीहरुलाई शिक्षा, आचरण, संस्कार र नैकिता सिकाउँदा भेदभाव, विभेद र अपमानजक व्यवहार नगर्न भनि शिषणमा संलग्न ब्यक्तिहरुलाई अभिमुखिकरण गराउने ब्यवस्था मिलाउने, अपाङ्गतामैत्री शिक्षा हुनु पर्नेलगायत माग राख्दै मोरङभरीका पालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएको अध्यक्ष दुर्गानाथ योगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय