
उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले शनिबार प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
पार्टीका उपसभापति एबं पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालको उपस्थितिमा शुभकामना आदानप्रदानसहित प्रशिक्षण कार्यक्रम गर्ने भएको हो । असोज २६ गते शुक्रबार आयोजना गर्ने भएपनि प्राविधिक कारणले शनिबार सारिएको नगर आरएटी विभागका सह–संयोजक सञ्जय कुमालले जानकारी दिनुभयो । दशैं, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमसहित प्रशिक्षण कार्यक्रम हुने उहाँको भनाई छ । उर्लाबारी–४ को जय वशिष्ट रिसोर्ट कार्यक्रम हुने तय भएको जनाइएको छ ।