
उर्लाबारी । आम्बारी नकाउट फुटबलको उपाधि ब्रदर्स युनाइटेड उर्लाबारीलाई खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि ब्रद्रर्स युनाइटेड उर्लाबारीले चुमेको छ ।
बिहीबार भएको फाइनल खेलमा एम.एफ. सि. मंगलबारेलाई २–० गोल अन्तरले पराजित गर्दै ब्रद्रर्स युनाइटेड उर्लाबारीले उपाधि उचालेको हो ।
उपाधिसँगै ब्रद्रर्स युनाइटेड उर्लाबारीले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पायो भने उपबिजेता एम.एफ. सि. मंगलबारेले नगद २० हजार ट्रफी मेडलमा चित्त बुझायो । ब्रद्रर्स युनाइटेड उर्लाबारीको जितका लागि सुबास तामाङले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै दोस्रो हाफको १९ औं मिनेटमा दिपेश थापा मगरले एक गोल थप गरे ।
एम.एफ.सि. मंगलबारेले गोल गर्ने धेरै अवसर पाएपनि सदुपयोग गर्न सकेन । ब्रदर्सले धेरै गोल गर्ने अवसरलाई एम.एफ.सि.का गोलरक्षक असिम खड्काले बारम्बार बिफल पारिदिए । यद्यपि, एम.एफ.सि.ले उपाधि आफ्नो पक्षमा पार्न सकेन । खेलको म्यान अफ द म्याच ब्रदर्स युनाइटेडका सुबास तामाङ घोषित भए । खेलको बेष्ट गोलरक्षक एम. एफ. सि. मंगलबारेका असिम खड्का, बेष्ट डिफेन्स एम.एफ.सि. कै मनिस धिमाल, हाइस्कोर आयोजक आम्बारी फुटबल क्लब संजय धिमाल घोषित भए । ब्रदर्सबाट बेष्ट मिड फिल्डरको पुरस्कार माल्दिना लिम्बु, बेष्ट फरवर्ड सन्तोष न्यौपानेले पाए । प्लेयर अफ द सिरिज एम.एफ.सि. मंगलबारेका अनिल राईले पाए । आम्बारी स्पोटिङ युथ क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा ८ टिमको हसभागिता रहेको थियो । क्लबका अध्यक्ष दिलिप गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।