
मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा प्रशासकीय अधिकृतको रुपमा उपसचिव शशि राई आएपछि कर्मचारी प्रशासन र कार्यालय व्यवस्थापनमा परिवर्तन देखिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट उपसचिव शशि राई पथरीशनिश्चरे नगरपालिका आएपछि कर्मचारी समयमा कार्यालय आउने र जाने, सरकारी पोसाक अनिवार्य लगाउनु पर्ने, अनडे«समा आए उपयुक्त कारण दिनुपर्ने भएको छ । नगरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको हाजिर खाता प्रशासकीय अधिकृतको कार्यकक्षमा राखिएको छ । यसअघि यस्तो थिएन ।
नगरमा संकलन हुने कर जनताको सूचनाको लागि बोर्डमा लेखेर सार्वजनिक गर्ने परम्पराको सुरु भएको छ । सेवाग्रहीहरुको काम छिटो छरितो ढंगले हुन थालेको बुझिएको छ ।
यस अघि चिया र नास्ताको लागि मासिक ६० हजारदेखि एक लाखसम्मको बिल उठ्ने गरेको थियो । आफू आएको पहिलो महिनामै ६८ हजारको बिल आएपछि चिया पकाउने ब्यबस्था नगर भित्र गरिएको प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताउनुभयो । नगरको पुरानो कर्मचारीहरुबाटै चिया पकाउने ब्यबस्था गरेपछि बार्षिक १०, १२ लाख जति खर्च कटौती हुने भएको छ ।
आफू सेवा भावले लाग्ने, मातहतको कर्मचारीहरुलाई सोही अनुसार नेतृत्व गर्ने उपसचिव राईको भनाई छ । पथरीशनिश्चरे नगरपालिको टेन्डर र खरिद प्रकृयाबाट गुणस्तर नघट्ने गरी पालिका बासीहरुको हितलाई ध्यान राखेर काम गर्ने राई प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।