उर्लाबारी । स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी बहुमुखी क्यम्पसले ५ बुँदे मागसहित क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
स्ववियु सभापति विवेक कार्कीसहितको टोलीले ५ बुँदे सुधारात्मक मागसहित क्याम्पस प्रमुख खेमराज कार्कीलाई पत्र बुझाएको हो । स्ववियुले बुझाएको पत्रमा सुविधा सम्पन्न स्वास्थ्य कोठा, स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नु पर्ने, उपसमितिहरुको नियमित बैठक राखी विद्यार्थीहरुको समस्याको समाधान गर्नु पर्ने र सूची उपलब्ध गराउनुपर्ने, खेलमैदान मर्मत, खेलकुद सामग्री उपलब्ध गर्नु पर्ने, गुणस्तरीय शिक्षाको लागि विषय विज्ञ प्राध्यापक जुन बिषयमा नियुक्ति गरिएको हो त्यही बिषय अध्यापन गराउनु पर्ने र क्याम्पसले लिँदै आएको सेवा शुल्क पुनः अवलोकन गर्नुपर्ने माग पत्र स्ववियुले प्रशासनलाई बुझाएको छ । यता पत्र बुझ्दै क्याम्पस प्रमुख कार्कीले विद्यार्थीहरुका जायज मागहरुलाई पुस पहिलो सात भित्रमा सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय