उर्लाबारी, उर्लाबारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि राधिका मावि उर्लाबारी–६ ले जितेको छ । आज सोही विद्यालयमा सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ८ रजत र ३ कास्य गरी २३ पदक प्राप्त गरी राधिकाले उपाधि हात पारेको हो । यस्तै, उर्लाबारी–८ को लक्ष्मी माविले १२ स्वर्ण, १ रजत र ९ कास्य गरी २२ पदकका साथ दोस्रो भएको छ भने तृतीय स्थानमा रहेको सार्वजनिक माविले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी १४ पदक जितेको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताका विजेता विद्यालय तथा खेलाडी छात्रछात्रालाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । राधिका मावि उर्लाबारी–६ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमू लिम्बूको सभापतित्व र प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि, अध्यक्षसहित शिक्षक अभिभावक संघका अध्यक्ष गणेश दुलाल, कोशी प्रदेश भलिबल संघका उपाध्यक्ष वीरबल थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकलगायतले मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा उर्लाबारीका सामुदायिक र संस्थागत गरी २१ विद्यालयले सहभागिता जनाएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव तथा राधिका मावि उर्लाबारी–६ का प्रधानाध्यापक कुमार पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय