दमक । देशमा विद्यमान रहेको मृगौला र कलेजो सम्बन्धि रोगले नेपालको पूर्व भागसमेत अछुतो रहेको छैन । सिमित Dialysis मेसिन सञ्चालनमा रहेको हुँदा नेपाल भरि नै मृगौला सम्बन्धि बिरामीहरुले पालो पाउन गाह्रो रहेको छ । स्रोत र साधनको अभावले मृगौला र कलेजो जस्ता जटिल रोगको उचित उपचार नपााउँदा विरामीले अकालमै मृत्युवरण गर्नु परेको यथास्थिति रहेको छ । अंग प्रत्यारोपण जस्तो उपचारको बरदानले गर्दा हाल विश्वभर नै मृत्युदर घटेको छ ।
Dialysis को कारणले नेपाल सरकालाई आर्थिक ब्यायभार अत्यन्तै धेरै रहेको छ । बिरामीले अंग प्रत्यारोपण गराउँदा Dialysis चाहिने अरु विरामीले पालो पाउने र जीवन सुमधुरता पनि बढेर जाने हुँदा हाल कलेजो र मृगौला सम्बन्धि चिकित्सकको पहिलो रोजाई नै प्रत्यारोण रहेको हुन्छ ।
दमकस्थित लाइफ लाइन अस्पतालद्धारा निरन्तर कलेजो तथा मृगौला सम्बन्धि उपचार गर्दै आइरहेको पनि यस किसिमको विशेषज्ञता निरन्तरता दिने अस्पतालको भनाई रहेको छ । यस भेगको जनतालाई सहज हुने गरी अति विशिष्ट विशेषज्ञ सेवा सुक्ष्म संयोजक गरी सहजिकरण गर्ने बताएका थिए । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलृजद्धारा हालसम्म १२० मृगौला प्रत्यारोपण तथा ३ वटा कजेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । यसमध्ये नेपाल सरकार स्वास्थ्य मन्त्रालय प्रगति किताबमा सूचिकरण हुने गरी जटिल किसिमको दुबै अंग मृगौला तथा कलेजो एकै साथ एकै ब्यक्तिमा प्रत्यारोपण पनि सफलतापूर्वक सम्पन्न भएको छ ।
यस शिबिर माघको २८ गते आइतबार लाइफ लाइन अस्पताल दमकमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ । शिबिरमा करिब १०० जनाको प्रत्यारोपण गराउन चाहने बिरामीहरु जाँच गर्ने प्रक्षेपण रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय