
उर्लाबारी, विराटनगरबाट प्रकाशित हुने न्यू सृष्टि दैनिकको १३ औँ वार्षिकोत्सवको अवसरमा नोवेल मेडिकल कलेजका प्राध्यापक डा. राजेश नेपालसहित दर्जनभन्दा बढी सम्मानित भएका छन् । सो कार्यक्रममा डा. नेपालसहित आशिष जाजु, प्रतीक राउत, विपिन कावरा, बनिसा शर्मा कट्टेल, साकेत राठी, सन्तोष बानियाँ, कपिल सुनारलगायतलाई सम्मानित गरिएको छ।
शुक्रबार विराटनगरस्थित होटल एसियाटीकमा आयोजित एक भव्य कार्यक्रमबिच सृष्टिको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको हो ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की विशिष्ठ अतिथि रहेका थिए । सो अवसरमा अग्रज कलाकार नीर शाह, कुमार बस्नेत, शर्मिला मल्ल र विश्व बस्नेतलाई सम्मान गरिएको छ । यस्तै सामाजिक कार्यतर्फ दीनबन्धु गोयल, उद्यमतर्फ विकास वेगवानी, साहित्य सेवातर्फ दधिराज सुवेदी, ममता मृदुला (साहित्य), कौशल निरौला (पत्र कार) लाई पुरस्कृत गरिएको छ ।