
उर्लाबारी । मोरङको उर्लाबारीमा २९ औं जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) नगर कमिटीले दिपप्रज्वलन गरेको छ ।
उर्लाबारी चौकमा मंगलबार साँझ दिपप्रज्वलन गरेको हो । नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगालले जनयुद्धकै जगमा गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारीका सचिब दिपक भट्टराई, जनता समाजवादी पार्टी उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, वाइसिएल नेपालका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज दिपक आले मगर, अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरे, पार्टीका नगर उपाध्यक्ष खगेन्द्र पराजुली, सचिब पवन चौधरीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध युद्ध सुरु गरेको थियो ।