
उर्लाबारी । उर्लाबारीमा सम्पन्न दोस्रो अन्तरपालिका भेट्रान फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक भएको छ ।
उर्लाबारी भेट्रान क्लबको आयोजनामा शनिबार पत्रकार सम्मेलन गरी हिसाब सार्वजनिक गरेको हो । प्रतियोगिता आयोजना गर्न उर्लाबारी नगरपालिकाबाट ३ लाख, स्व. राजबहादुर सम्याङखाम परिबारबाट २ लाख, जीवन पोमुबाट ७५ हजार, दिलिप पोमु ५० हजार, उर्लाबारी वडा नं. ५ बाट १५ हजार, ६ नम्बर वडा कार्यालयबाट १५ हजार, सिद्धार्थ एग्रिगेटबाट १५ हजार, पूर्वेली क्रसरबाट १० हजार, पञ्चावती हस्पिटलबाट १० हजार, युवराज राई १० हजार, कुमारी बैंकबाट ५ हजार, गरिमा विकास बैंक ५ हजार र हलुका सवारी चालक समूहबाट ५ हजार गरी ७ लाख २५ हजार रुपैयाँ संकलन भएको कोषाध्यक्ष विक्रम चापागाईले जानकारी दिनुभयो । संकलन भएको रकममध्ये ६ लाख ७६ हजार खर्च भई ४९ हजार रुपैयाँ बचत भएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा उर्लाबारी नगरपालिका वडा नं. ५ का वडा सदस्य विनोद धिमाल, सुरेश आचार्य, वडा नं. ६ को सदस्य मानबहादुर धिमाललगायतले बोल्नुभएको थियो । क्लबका अध्यक्ष दिपक पोमुको सभापतित्व भएको कार्यक्रम सञ्चारकर्मी घनश्याम भण्डारीले सञ्चालन गर्नुभएको थियो । उक्त प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिकाले जितेको थियो । फाइनल खेलमा सुन्दरहरैँचा नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधि जितेको थियो ।