उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी वडा नं. ९ को बिहीबार सम्पन्न दोस्रो वडा अधिबेशनबाट नरेन्द्र पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
खानेपानी, सिचाई तथा उर्जा मन्त्री नारायण बुर्जा मगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा(कुशल), नगर अध्यक्ष गजेन्द्र दगाललगायतको उपस्थितिमा अधिवेशन भएको थियो । कमिटीको उपाध्यक्षमा हेमकुमारी श्रेष्ठ, सचिवमा दुर्गाबहादुर पौडेल, सह–सचिवमा बड्कु मर्डी र कोषाध्यक्षमा मिनामाया राई रहनुभएको छ । सदस्यहरुमा राजेश लिम्बू, हरि खवा, तेनहाङ नाल्बो, निर्मला टुडु, फुलमुनि टुडु र मरिया मुर्मु रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय