झापा । मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले आज कार्यभार सम्हाल्नु भएको छ ।
उर्लाबारी, इनरुवा, इलाम, गोकर्णेश्वरलगायत विभिन्न नगरमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सफल र उदाहरणीय कार्यकाल पूरा गर्नु भएको उहाँ अत्यन्त मिलनसार र समन्वयकारी स्वभावको हुनुहुन्छ । मेचीनगरमा जनप्रतिनिधिसँगको असमझदारीका कारण यसअघिका चारजना प्रमुख प्रशासकीय अधिकृत कार्यकाल पूरा नहुँदै विदा हुने गरेका थिए । मेचीनगरको परिस्थितिलाई ध्यानमा राखेरै सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको हुँदा अब कामकाज सहज हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय