
उर्लाबारी । उर्लाबारीमा जारी पाँचौ मेयर कप फुटबल प्रतियोगिता २०८० को पहिलो सेमीफाईनल खेलमा वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ५ र वडा नम्बर ६ बीच बुधबार भएको खेलमा सडनडेथमा ६–५ को अन्तरले वडा नम्बर ६ विजयी भएको हो ।
खेलको निर्धारित समयमा दुवै टीमले गोल हुन नसकेपछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको छ ।
सो खेलमा विजेता टिमका कमल घिमिरे म्यान अफ दी म्याच घोषित भए । उर्लाबारी फुटबल क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगीता चैत ३ गतेसम्म संचालन हुनेछ । सो प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा संचालन भएको उक्त प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिनुभयो । पाचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिामा उर्लाबारी नगरपालिका मुख्य प्रायोजक रहेको छ । यसैबीच प्रतियोगिताको दोस्रो सेमीफाईनल खेलमा वडा नम्बर ३ र वडा नम्बर ९ बीच बिहीबार दिउँसो ३ बजेदेखि संचालन हुने आयोजकले बताएको छ ।