दिपेन्द्र विश्वकर्मा
उर्लाबारी । राष्ट्रिय छुवाछूत तथा भेद्भाव उन्मुलन दिवसको अवसरमा समता समाज नेपालले आयोजना गरेको ‘समता कप फुटसल प्रतियोगिता २०८२’ को उपाधि योङ स्टार (११) ले जितेको छ ।

May be an image of 9 people, people playing football and people playing soccer
बुधबार बिराटचोकको प्लानेट रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा योङ स्टार (११) ले एवि फाइभ लाई ७–३ गोलले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै योङ स्टारले ट्रफी सहित नगद ३० हजार पाएको छ भने उपविजेता ए बि फाइभले ट्रफीसहित १५ हजारमा चित्त बुझाएको छ । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा विशिष्ट अतिथि बेलबारी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सन्दीप राई, अतिथिहरुमा संस्थाका सल्लाकार बेदनिधी कार्कीडोलि , प्रेम कार्की, गोविन्द बस्नेत , उज्ज्वल श्रेष्ठ , सुमन धिमाल , सुमन गजमेर लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता उमेश सेन्चुरीले गर्नु भएको थियो भने संस्थाका महासचिव दिपेश परियारले उक्त कार्यक्रम संचालन गर्नुभएको थियो ।

May be an image of 8 people, dais and text

May be an image of 3 people

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय