
उर्लाबारी / दोस्रो संकरणको बोरिस धिमाल कप -०८२ (u-18) आजबाट राधिका माबिको खेलमैदान उर्लाबारी -६ हाटखोलामा सुरु भएको छ ।
बोरिस धिमाल फुटबल क्लबका अध्यक्ष बोरिस धिमालको अध्यक्षता एवं उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्ग फागोको प्रमुखआतिथ्यमा भएको उद्घाटन सत्रमा मिक्लाजुङ -३ का वडाअध्यक्ष सन्तोष थापा मगर , उर्लाबारी -५ का सदस्य देबिकला राई , बिनोद धिमाल लगाएतको आतिथ्यता रहेको थियोे । मोरङ , झापा , सुनसरी एवं धनकुटाका २० वटा टिमको सहभागीता रहेकोे प्रतियोगिताका बिजेताले २५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेताले १५ हजार नगदसहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बोरिस धिमालले जानकारी दिनुभएको छ ।