
पथरी शनिश्चरे,‘प्रतिभा पहिचान, पथरी शनिश्चरेको शान’ भन्ने मूल नाराका साथ भएको पथरी शनिश्चरे आइडलको सिगिंङ तर्फको उपाधि राज लोहारले जितेका छन् ।
पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हरियाली सामुदायिक वनको सभाहलमा शनिबार भएको ग्रान्ड फिनालेमा लोहारले उपाधि जितेका हुन् । उपाधिसँगै उनले नगद रु. ४० हजार, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेका हुन् । यसैगरी अभिशेक लिम्बु दोस्रो र तुलशा थापा तेस्रो भएका छन् । उनीहरुले क्रमशः नगद रु. २० हजार र १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । ग्रान्ड फिनालेमा टप १० छनौट भएका थिए उनीहरुले आफ्नो आ–आफ्नो कलेक्सन ब्याण्डको साथमा लाइभ प्रस्तुति पस्केका थिए ।
विजेताहरुलाई पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्य तथा कला साहित्य प्रबद्र्धन समितिका अध्यक्ष धनराज राई (अमिर)को अध्यक्षतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।