पथरीशनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले सर्पदंश उपचारका लागि निरन्तर सहयोग गर्दै आइरहेको छ ।
गर्मीयाम बढेसँगै सर्पको टोकाइबाट जोगाउन वडा कार्यालयले वडावासीलाई सर्पदंश भएर अस्पताल जाने एम्बुलेन्स भाडा र उपचार गर्दा लाग्ने खर्चमा ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत सहयोग गर्दै आइरहेको छ । अहिलेसम्म ११ जनाले यो सेवा प्राप्त गरिसक्नुभएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो ।
सर्पदंश उपचारका बारेमा वडा सदस्य बाबुराम चौधरीले भन्नुभयो–‘गर्मियाममा सर्पहरू आहाराको खोजीमा मानव बस्ती नजिक आउने गर्छन् र सर्पदंशको जोखिम निक्कै बढी हुन्छ । सर्पदंशबाट सचेत रहन वडावासीलाई अनुरोध गर्दछु ।’
ताजा समाचार
लोकप्रिय
© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd