ताप्लेजुङ, निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले ताप्लेजुङ जिल्लाका स्थानियबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ ।

जेष्ठ २८ गते फुङ्लिङ नगरपालिका- ५ स्थित जानुईन होटलमा पूर्व सामाजिक विकाश मन्त्री बल बहादुर साम्सोहाङको प्रमुख आतिथ्यतामा भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले ताप्लेजुङ जिल्लामा लागूऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण गर्न प्रहरीले कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको साथै लागूऔषध लगायत अन्य अपराधका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न स्थानियबासीहरुको अहम भुमिका हुने हुँदा प्रहरी र नागरिक विचको सम्बन्ध सुदृढ बनाई सामुहिक भावनाका साथ अगाडि बढेमा पक्कै पनि ताप्लेजुङ जिल्ला शान्ति सुरक्षा प्रभावकारी हुने बिश्वास सम्पूर्णमा दिलाउनु भयो ।
धार्मिक तथा पर्यटकिय ताप्लेजुङ जिल्लामा पाथीभरा माताको दर्शन गर्न देश तथा विदेशबाट आउनु हुने श्रद्धालु भक्तजनहरुको सुरक्षा, आगलागी, बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा जिल्लाबासीको सुरक्षामा आफुसंग भएको साधन स्रोत सहित प्रहरी तत्काल परिचालन हुने बताउनु भयो ।
उक्त कार्यक्रममा स्थानियबासी, जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, व्यापार संघ, नागरिक समाज, संचारकर्मी, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतम लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय