उर्लाबारी, उर्लाबारी ३ मंगलबारेका अग्रज समाजसेवी शोभितबहादुर निरौलालाई उर्लाबारी नगरपालिकाले सम्मान गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि संचालनमा ल्याइएको सामुदायिक भवन निर्माणार्थ उहाँले दुई कट्ठा जग्गा दान गर्नुभएको थियो । सोमबार भवन उद्घाटन समारोहमा शारीरिक रुपमा अशक्त रहनुभएका समाजसेवी निरौलालाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल तथा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले सम्मानपत्र दिई माला खादा, फूलको बुकेसहित दोसल्ला ओढाई सम्मान गर्नुभएको छ । निरौलाबाट दानमा प्राप्त उर्लाबारी–३ राम नगरको जग्गामा लिफ्टसहितको अपाङ्गतामैत्री भवन नगरपालिकाले निर्माण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय