
मोरङ, मोरङको रंगेली नगरपालिका-८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १-०२-००३ त २८५६ नम्बरको ट्याक्टरले को. ३९ प ३९३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली-१ का ३२ बर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो भने मोटरसाईकल पछाडि सवार ४१ बर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक रंगेली-८ का ३० बर्षीय जिबन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।