पथरी । पथरी शनिश्चरे नगरपालिकाको सत्रौँ नगरसभा सम्पन्न भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगर प्रमुख मोहन प्रसाद तुम्वापोले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटलाई नगरसभा बैठकले सर्वसम्मतिले पारित गरेको हो।
नगर उप–प्रमुख देवीमाया काफ्ले स्वास्थ्य समस्याका कारण अनुपस्थित रहेकिले नगर प्रवक्ता नविन कार्कीले ८१ करोड ९९ लाख ११ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे।
नगरसभामा न्यायिक समितिको वार्षिक प्रतिवेदन न्यायिक समिति सदस्य पदम बहादुर धिमालले प्रस्तुत गरे भने लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक भीम राईले पेश गरेका थिए।
सभामा प्रस्तुत नीति तथा कार्यक्रम अनुसार आगामी वर्ष नगरको पूर्वाधार विकासमा जोड दिइनेछ। रोजगारी सिर्जना गरी गरिबी घटाउने, स्वास्थ्य क्षेत्रमा लगानी बढाएर नागरिकको जीवनस्तर सुधार गर्ने, कृषि क्षेत्रमा व्यवसायिकरण, यान्त्रिकीकरण र विविधिकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने नगरपालिकाको लक्ष्य छ।
नगर प्रमुख तुम्वापोले विकास र समृद्धिका लागि सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै पारदर्शिता र प्रभावकारिता कायम गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय