
उर्लाबारी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा रेमी (पुनःएकीकरण) परियोजनाअन्तर्गत वडा नं. ७ मा १५ दिने ब्याग सिलाईसम्बन्धी सीप अभिवृद्धि तालिम सम्पन्न भएको छ। उर्लाबारी ४ बरगाछी स्थित पाथिभरा ब्याग उद्योग संचालन भएको १५ दिने ब्याग सिलाउने तालिम बुधबार सम्पन्न भएको हो ।
पाथीभरा ब्याग उद्योग उर्लाबारीका संचालक तुलसी रेग्मीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा उर्लाबारी नगरपालिकाकि नगर उपप्रमुख मिना खतिवडा पौडेल रहनु भएको थियो । कार्यक्रममा रोजगार शाखाका संयोजक बिनीता शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख खतिवडाले तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्दै, तालिममा आर्जन गरिएको सीपलाई आत्मनिर्भरताको माध्यम बनाउँदै उद्यमशील बन्न प्रेरणा दिनुभयो। उहाँले सहभागीहरूलाई सम्भव भएसम्म ब्यागसम्बन्धी व्यवसायमै संलग्न भई स्वरोजगार बन्न आग्रह गर्नुभयो।
पाथिभरा ब्याग उद्योगका प्रशिक्षक विजय पण्डितको प्रशिक्षणमा भएको तालिममा ९ जना प्रशिक्षार्थीले भग लिएका थिए । तालिमका सहभागीहरूले ब्याग सिलाईको आधारभूतदेखि व्यावसायिक सीपसम्म आर्जन गरेको रिटर्नीका नगर अध्यक्ष सन्तोष दाहालले बताउनु भयो ।