नगरस्तरमा जेष्ष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम गरिएको छ । जसमा परम्परागत कला, संस्कृति र सीपको संरक्षण गर्ने उद्देश्यले उर्लाबारी नगरपालिकाले एक दिने कार्यक्रम गरेको हो । अरनिको मावि, सुनपकुवा मावि र ६ नम्बर वडाको राधिका माविका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई ज्येष्ठ नागरिकबाट अनुशासन, नैतिकता, योग साधना, संस्कार–संस्कृति, पूर्वीय दर्शन एवम् असल आचरणका बारेमा जानकारी गराइएको छ । कार्यक्रममा ति विद्यालयबाट एक–एक जना शिक्षक र १५–१५ जना विद्यार्थी.सहभगी थिए ।
अन्तरपुस्ता सीप हस्तान्तरणका लागि जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभव आदानप्रदान कार्यक्रममा जेष्ठ नागरिकहरुले मुलतः पहिले आफुहरुबाट भए – गरेका अनुभवहरु सुनाए । समय परिवर्तनले धेरै कुराहरु सहज बनाएको अनुभव जेष्ठ नागरिकहरुले राखेका थिए । जेष्ठ नागरिकहरुको सीप, अनुभव सुन्दा विगतका बारेमा थाहा पाउने अवसर मिलेको विद्यार्थीहरुको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि उलाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले विद्यार्थीले पुराना अग्रजहरुले सिकाएका कुरा सिक्न जरुरी रहेको भन्दै नैतिक शिक्षा, पूर्वीय दर्शनको बारेमा सबैले सिक्नुपर्ने बताउनुभयो । सभ्य समाज निर्माणका लागि सहि संस्कारको सिक्नुपर्ने भन्दै सहि संस्कारको सबैलाई सेयर गर्न समेत उहाँले आग्रह गर्नुभयो । सबैले आफन्तसंग सद्भाव र सामीप्यतालाई प्रगाढ गराउन जरुरी रहेको भन्दै सबै विद्यार्थी ठूलो होइन, असल मान्छे बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख मीना खतिवडा पौडेल, उपसचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले तथा लैङ्गिक हिंसाविरुद्धकी परामर्शदाता जानकी कुवँरको आतिथ्यता रहेको थियो । नगरपालिकाकी सामाजिक विकाश अधिकृत चन्द्रकला सुब्बाले ‘जीवनमा भोगेर र परेर’ आर्जन गरिएको ज्ञानलाई नयाँ पुस्तामा पुस्तान्तरणका लागि कार्यक्रम गरिएको बताउनुभयो । विभिन्न समुदायका पुरातन मान्यता, संस्कार र संस्कृति कस्ता थिए ? अहिले कुन अवस्थामा पुगेको छ ? भन्ने बारेमा नयाँ पुस्तालाई जागरुक बनाउनका लागि कार्यक्रम गरिएको हो । अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रमको मोडल आगामी वर्ष अझै बृहत्त तथा समुदाय स्तरमा समेत पु¥याउने उहाँले बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक समन्वय एकता केज्द्रका अध्यक्ष पदमबहादुर गौतम, उपाध्यक्ष ज्ञाननाथ निरौला र सचिव अम्बिका गौतमले आआफ्ना जीवनका भोगाईहरु, त्यसबाट अहिलेका पुस्ताले अनुशरण गर्न लायक विषयवस्तु पस्किनुभएको थियो । कार्यक्रमा उर्लाबारीका ३० जना बढी ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय