विराटनगर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ११ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री सुनसरी रामधुनी नगरपालिका- ८ का १८ बर्षीय लक्ष्मण सार्की र बरहाक्षेत्र नगरपालिका- ७ का १८ बर्षीय आन्नद मगरलाई ४ ग्राम ९८ मिलिग्राम ब्राउन सगर सहित नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको विराटनगर महानगरपालिका-१५ बाट को. २० प ७४३ नम्बरको मोटरसाईकल चालक धरान उप-महानगरपालिका- ५ का २८ बर्षीय संकलन राई र पछाडी सवार २७ बर्षीय आषिश कुमार विश्वकर्मालाई ३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले को. ३७ प १२५३ नम्बरको मोटरसाईकल चालक उदयपुर बेलका नगरपालिका- ८ का २२ बर्षीय धिरज राई र पछाडी सवार बेलका नगरपालिका- ७ का ३१ बर्षीय लोकेन्द्र राईलाई ३४ किलो ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय