
मधुमल्ला । मोरङको मिक्जाजुङ–८ मा रहेको सरस्वती अंग्रेजी बोर्डिङ स्कुलले प्रत्येक बर्ष एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।
यस बर्ष पनि विद्यालयले सर्वोत्कृष्ट नतिजा ल्याएको हो । एसईईमा २० जना सहभागीमध्ये ३.६१ भन्दा माथि ९ जना र ३.२१ देखि माथि जिपिए ११ जनाले ल्याएर उर्तिण गरेका छन् । गुणस्तरीय शिक्षामा जोड दिँदै अघि बढिरहेको सरस्वती अंग्रेजी बोर्डिङ स्कुलले निरन्तर सतप्रतिशत नजिता ल्याउँदै आएको छ ।