
उर्लाबारी । गुणस्तरीय एबं ब्यावहारिक शिक्षामा जोड दिँदै आएको मोरङको उर्लाबारी–७ को नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयले एसईई परीक्षामा निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेको छ ।
२०८१ को एसईई परीक्षामा सहभागी २३ जना सबै उर्तिण भएका छन् । उत्कृष्ट अंकसहित सहभागी सबै उर्तिण भएका छन् । यसअघि पनि एसईईमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । २०७७ सालमा स्थापना भएको उक्त विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा आफुलाई नेपाल आदर्शले अब्बल सावित गरिसकेको छ । उक्त विद्यालयमा प्ले गु्रपदेखि कक्षा १० सम्म पढाई हुँदै आएको छ । यस बर्षदेखि कक्षा ११ मा होटल म्यानेजमेन्ट सञ्चालन गर्ने भएको छ । नेपाल आर्दशले गुणस्तरीय एबं ब्यवहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको हो । यस विद्यालयमा कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, परामर्श सेवा, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमणलगायत सञ्चालन हुँदै आएको छ भने खेलकुद, गायन, नृत्यलगायतका कक्षा सञ्चालन हुँदै आएको छ ।