
उर्लाबारी । मोरङको उर्लाबारी–८ अठियाबारीमा रहेको न्यू भिजन एकाडेमीले २०८१ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
एसईईमा सहभागी १६ जना उच्च अंकका साथ उर्तिण भएका हुन् । निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको न्यू भिजनले यस बर्ष पनि आफुलाई अब्बल सावित गरेको छ ।
शान्त शैक्षिक वातावरण, शैक्षिक क्रियाकलापमा अब्बल, बालमैत्री कक्षा कोठाको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाको व्यवस्था, मन्टेश्वरी पद्धतिमा पठनपाठनको व्यवस्था, बालबालिकाको चौतर्फी विकासमा विशेष पहल, शैक्षिक क्रियाकलापका लागि पर्याप्त शैक्षिक साधनको व्यवस्था, अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, शैक्षिक भ्रमणको व्यवस्था, अनुसाशित वातावरणमा विशेष ध्यान, पर्याप्त खेल मैदान, बालमैत्री सवारी साधनको ब्यवस्था, स्तरीय तथा स्वच्छ चमेनागृहको व्यवस्था, पर्याप्त खेलकुदका सामाग्रीको ब्यवस्था, स्तरीय शैक्षिक ल्याबको ब्यवस्थाका कारण पनि विद्यार्थीहरुको रोजाई न्यू भिजन बनिरहेको छ ।
विद्यालयहरुको भीडमा नयाँ सोच र योजनाको साथमा आफूलाई फरक रुपमा न्यू भिजन प्रस्तुत भइरहेको छ । नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको विद्यालयमा ५ सय बढी विद्यार्थीहरुले अध्ययन गर्दै अएका छन् ।