
उर्लाबारी । उर्लाबारीको पहिलो निजी विद्यालय पशुपति आवासीय माध्यमिक विद्यालयले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
गत बर्ष कोशी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको पशुपतिले यस पटक पनि उत्कृष्ट नतिजा ल्याएको हो । उर्लाबारी–७ मा रहेको पशुपतिले हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । कुल ५९ जना परीक्षार्थीमध्ये पशुपतिले शतप्रतिशत नतिजा हासिल गरेको छ ।
३.६ देखि ३.८९ जिपिए हासिल गर्ने विद्यार्थी संख्या १७ जना रहेको छ । त्यसैगरी ३.२ देखि ३.६ सम्म ३२ जना र २.८ देखि ३.२ सम्म १० जना विद्यार्थीले ग्रेड प्राप्त गरेको प्रिन्सिपल आनन्द कार्कीले जानकारी दिनुभयो । पशुपतीका अनमोल न्यौपानेले ३.८९ जीपीए ल्याउँदै यसपटकको एसईई परीक्षामा विद्यालय टप गरेको उहाँले बताउनुभयो ।
२०३७ सालमा स्थापित सो विद्यालयकी अन्वेषा बस्नेतले गत बर्ष ४ जिपिए ल्याउँदै एसईई परिक्षामा नेपालभरीकै टप स्कोररमध्ये एक बनेकी थिइन् भने यसअघिको कक्षा १२ को परीक्षामा पशुपतीकी सुस्मिता कार्कीले ३.९६ जिपिए ल्याउँदै नेपाल टप भएकी थिईन् ।