
उर्लाबारी । पारिवारिक निजी वन संघ नेपालको सहजीकरणमा मोरङका उर्लाबारी नगरपालिका वडा नम्बर ८ मा ६ सय वटा फलफुलका बिरुवाहरु वितरण गरिएको छ ।
वडाध्यक्ष कुलबहादुर कार्कीले वातावरण संरक्षण र आर्थिक उन्नतिको लागि फलफुलका बिरुवा रोप्नुको महत्वबारे जोड दिँदै भन्नुभयो–‘यसले एकातिर हरियाली बढाउँछ भने अर्कोतिर परिवारको आम्दानी र पोषणमा पनि टेवा पुग्छ । यसलाई दीर्घकालीन लगानीका रूपमा लिनुपर्छ ।’ उहाँले सबैलाई बढीभन्दा बढी बिरुवा लगाउन समेत आग्रह गर्नुभयो ।