उर्लाबारी । मोरङको मिक्लाजुङ वडा नं. ८ ले वडाबासीहरुलाई निःशुल्क विरुवा वितरण गरेको छ ।
वडा कार्यालयले ३ सय ५ वटा विभिन्न प्रजातिका फलफुलका विरुवा वितरण गरेको हो । वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) का अनुसार एक घर एक विरुवाको नीति अनुसार वडाबासीहरुलाई फलफुलका विरुवा वितरण गरिएको हो । अनार, मेवा, कागती, सरिफा, अमला र बडरका विरुवा वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय