पथरी शनिश्चरेमा सञ्चार माध्यम पुरस्कार, सम्मान, क्रियाशील पत्रकार पुरस्कार तथा लेखनवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा आज पुरस्कार वितरण समितिका संयोजक एवं वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न गरिएको हो । पत्रकार सम्मानतर्फ केशव निरौला, दिनेश सुब्बा, सञ्चारमाध्यम पुरस्कारतर्फ तिम्मा न्यूज (विजय खम्बु) र क्रियाशील पत्रकारतर्फ छविराज ढकालले पुरस्कार प्राप्त गर्नुभएको छ ।
सो कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमका विषयमा पुरस्कार वितरण समितिका सदस्य अर्जुन जम्नेली राईले प्रष्ट्याउनुभएको थियो । पुरस्कृतको तर्फबाट पत्रकार केशव निरौला र सहभागीको तर्फबाट अर्जुन काफ्लेले आफ्ना भनाइ राख्नुभएको थियो । नगरका सञ्चारकर्मीहरुलाई लेखनवृत्ति टोकन पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्य मिना योञ्जन, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, शिक्षा शाखा प्रमुख नविन खुलाल र नगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय