उर्लाबारी। मोरङको उर्लाबारीमा मोबाइल चोरीको घटना भएलगत्तै प्रहरीले सक्रियताका साथ अनुसन्धान गरी फेला पारेका मोबाइलहरू सम्बन्धित व्यवसायीलाई हस्तान्तरण गरिएको छ।
उर्लाबारी उद्योग वाणिज्य संघका साधारण सदस्य तथा मोबाइल वर्ल्ड उर्लाबारीका प्राेप्राईटर योगराज कार्कीको पसलबाट २०८१ माघ २० गते राति चोरी भएका मोबाइलहरूमध्ये ५ थान मोबाइलहरू ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख रञ्जन बरालको उपस्थितिमा संघकै कार्यालयमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा महासचिव सम्झना खतिवडा (आचार्य)ले उर्लाबारी उद्योग वाणिज्य संघ परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दै चोरीको घटना समाधान गर्न तत्परता देखाएको प्रहरी प्रशासनप्रति आभार प्रकट गरिन्।
संघले चोरीमा संलग्नलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाई व्यापार व्यवसायमा सुरक्षित वातावरण निर्माणका लागि थप सक्रियता अपनाउन आग्रह समेत गरेको अध्यक्ष तारामान सिरेङले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय