पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाले नगरका कृषकहरूका लागि कृषि औजारहरू वितरण गरेको छ ।
सोमबार नगरपालिकाको हातामा कृषि शाखा अन्तर्गत १० थन कम्बाइन मिल, १५ थान च्यापकटर, मकै रोप्ने मेसिन १२ थान, मकै छोडाउने मेसिन ८ थान, मिन टिलर ५ एच.पी. ७ थान, मिनी टिलर ९ एच.पी. ७ थान, मिनी टिलर ९ एच.पी. + एट्याच्मेन्ट रिपर ७ थान र पावर टिलर २० एच.पी. १ थान कृषकहरूलाई वितरण गरिएको छ ।
सो वितरित औजारहरू नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि यन्त्र औजार तथा उपकरण कार्यक्रम अन्तर्गत वितरण गरिएको कृषि शाखा प्रमुख सविना राईले जानकारी दिनुभयो ।
औजार वितरण कार्यक्रमा उप–प्रमुख देविमाया काफ्ले, वडा नं. १० वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ७ का वडाध्यक्ष उवद्धराज बस्नेत, वडा नं. ८ का वडाध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।























