सिजुवा । मोरङको रतुवामाई नगरपालिका–९ कोईलिडाँगीस्थित श्याम वास्किको घर गए राति आएको हावाहुरीका कारण क्षति पुगेको छ। उक्त घटनाको जानकारी पाएलगत्तै रतुवामाई नगर प्रमुख नागेश्वर प्रसाद सिंह स्वयं घटनास्थल पुगेका थिए।
नगरप्रमुख सिंहले तत्काल पीडित परिवारलाई अस्थायी रुपमा बसोबास गर्नका लागि ३ बन्डल जस्तापाता उपलब्ध गराउने व्यवस्था मिलाएका छन्। उनले भने, “यो वर्षातको समयमा नगरका कुनै पनि वासिन्दालाई समस्या परे तुरुन्तै मलाई सम्पर्क गर्नुहोस्, नगरपालिकाले आवश्यक राहत र सहयोग उपलब्ध गराउनेछ।”
नगर प्रमुखका स्वकीय सचिव सुजित जैसवालले हावाहुरी र वर्षाका कारण अन्य सम्भावित जोखिमलाई ध्यानमा राख्दै नगरवासीहरुलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय