नगरको गौरवको आयोजनाका रुपमा निर्माण भएको कृष्णचौक – सुनझोडा सडकको दायाँबाँया वृक्षारोपण गरिएको छ ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले बुधबार धुपीको विरूवा रोपी सडक सौन्दर्यीकरण कार्यको शुभारम्भ गर्नुभयो । नगर प्रवक्ता एवं उर्लाबारी ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, सडक निर्माण कम्पनीका संचालक अर्जुन तुम्रोक, समाजसेवी खड्गकुमारी निरौला ‘ठुल्दिदी’लगायतको वृक्षारोपण कार्यमा सहभागिता रहेको थियो । उर्लाबारीका सबै सडकलाई सुन्दर बनाउने नगरपालिकाको अभियानमा स्थानीयवासीको सहभागिता प्रशंसनीय रहेको नगर प्रमुख खरेलले बताउनुभयो । सुनझोडा सडकको सन्दर्भमा दायाँबायाँ हरियाली प्रवद्र्धनका लागि फूलका विरुवा, धुपीलगायतका विभिन्न खालका विरुवाहरू रोप्ने, सडकलाई नियमित सरसफाई गर्ने काम भइरहेको तथा आकर्षक सडक वत्ती जडान गर्नेलगायतका काम सम्पन्न भएको ठेकेदार अर्जुन तुम्रोकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय