उर्लाबारी । मोरङको उर्लाबारी–५ मा युवा मन नेपाल मिडियाको मुख्य कार्यालय उद्घाटन गरिएको छ ।
बुधबार उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले कार्यालयको उद्घाटन गर्नुभएको हो । काठमाडौंमा मुख्य सम्पर्क कार्यालय रहेको र उर्लाबारीमा मुख्य कार्यालय स्थापना गरेर मिडिया सम्बन्धि काम गरिरहेको सञ्चालक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रमुख अतिथिसमेत रहनुभएका नगरप्रमुख खरेलले सत्य र तथ्य समाचार सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले बेतिथिका बारेमा सशक्त कलम चलाउन आग्रह गर्नुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्का, युवा समाजसेबी सचिन शाक्य, सुनिल बोहोरालगायतले बोल्नुभएको छ । कार्यक्रम सञ्चालन सन्तोष दाहालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय